शुक्रबार २० असार, २०८२

नेपाली समय

सामुदायिक विद्यालयमा नेपाल टेलिकमको सहयोगमा आईसीटी ल्याब सञ्चालन

सामुदायिक विद्यालयमा नेपाल टेलिकमको सहयोगमा आईसीटी ल्याब सञ्चालन

नुवाकोटको त्रिशूली बजारस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा सूचना प्रविधि (आईसीटी) ल्याब स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

विदुर नगरपालिका–१ मा रहेको सो सामुदायिक विद्यालयमा नेपाल दूरसञ्चार संस्थान (नेपाल टेलिकम) को सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आईसीटी ल्याब स्थापना गरिएको हो। उक्त ल्याबको उद्घाटन विदुर नगरपालिकाका प्रमुख श्री राजन श्रेष्ठज्यूले गर्नु भएको छ।

उद्घाटन समारोहमा बोल्दै मेयर श्रेष्ठले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग साक्षात्कार गराउँदै व्यवहारिक शिक्षामा सहभागी गराउन यस्ता पूर्वाधारहरू अपरिहार्य भएको बताउनुभयो।

आईसीटी ल्याबमा हाल १२ थान कम्प्युटर, १२ थान युपिएस र एक थान प्रिन्टर जडान गरिएको छ। यस प्रविधिमैत्री पहलले विद्यार्थीहरूलाई डिजिटल शिक्षामा पहुँच पुर्‍याउने विश्वास गरिएको छ।

विद्यालय प्रशासनले नेपाल टेलिकमप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा यस्ता सहयोगले सामुदायिक शिक्षाको स्तर उकास्ने अपेक्षा राखेको जनाएको छ।