शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

नरोकिने भयो कक्षा १२ को वार्षिक परीक्षा, राष्ट्रिय परीक्षा बोर्डको निर्णयले हटायो अन्योल

नरोकिने भयो कक्षा १२ को वार्षिक परीक्षा, राष्ट्रिय परीक्षा बोर्डको निर्णयले हटायो अन्योल

कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले सोमबार बिहान बसेको बैठकपछि "परीक्षा नरोकिने र तोकिएको मितिमै सञ्चालन हुने" स्पष्ट पार्नु भएको छ । पछिल्लो समय शिक्षक तथा कर्मचारीहरूको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाका कारण केही विद्यार्थीहरूमा परीक्षा सर्ने आशंका रहेको थियो।

तर, बोर्डले सबै विद्यालय, परीक्षा केन्द्र र जिल्ला परीक्षा समन्वय समितिलाई परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न अनुरोध गरेको छ। परीक्षा वैशाख ११ गते सुरु भई वैशाख २४ गतेसम्म चल्नेछ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि विद्यार्थीहरूलाई ढुक्क भएर तयारी गर्न भन्नुभएको छ । परीक्षा निश्चित छ अब द्विविधा नराखी अध्ययनमा लाग्नुस्, उहाँले भन्नुभयो ।

📌 के गर्नु पर्छ

  • अब परीक्षा सर्ने होइन, त्यसैले निर्धारित तालिकाअनुसार तयारी जारी राख्नुस् ।
  • परीक्षा केन्द्र पहिल्यै तोकिएको छ, विद्यालयमार्फत जानकारी लिन सकिन्छ ।
  • कुनै अफवाहमा नपरी, बोर्डको आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् ।

बाल आवाजको सन्देश : सबै साथीहरूलाई शुभकामना! आत्मविश्वासका साथ तयारी गर्नुस्, तपाईंको मेहनत सफल होस् 🌟