मंगलबार २४ असार, २०८२

नेपाली समय

१० जना नेपाली बालबालिका भारतबाट उद्धार गरेर ल्याइँदै

१० जना नेपाली बालबालिका भारतबाट उद्धार गरेर ल्याइँदै

बालश्रम र बेचबिखनमा परेका १० जना नेपाली बालबालिकालाई भारतबाट उद्धार गरेर नेपाल ल्याइँदै छ।

दिल्ली आसपासका जिल्लाहरूबाट बालश्रममा खटाइएका ७ जना बालक र बेचबिखनमा परेका ३ बालिकालाई उद्धार गरेर नेपाल ल्याउन लागेको हो। उनीहरू १० देखि १७ वर्ष उमेर समूहका छन्।

उनीहरूलाई बुधबार साँझसम्म रूपन्देहीको जिल्ला प्रशासन कार्यालय ल्याइसक्ने कीन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार भारत स्थित भएको नेपाली दूतावास र कीन इन्डियाको सहकार्यमा उद्धार गरेर ल्याउन लागिएको हो। उद्धारपछि राष्ट्रिय बालअधिकार परिषदको समन्वय गरेर परिवारसँग पुनर्मिलन गराउने योजना रहेको छ।


उद्धार गरिएका बालकहरू रूपन्देही, दाङ, बर्दिया, सिराहा, रौतहट र कीर्तिपुरका रहेका छन् ।