राष्ट्रिय बाल दिवसको सन्दर्भमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले एक विशेष कार्यक्रम आयोजना गर्दैछ। जसमा हिंसा, द्वन्द्व, दुर्व्यवहार र विपतका कारण ज्यान गुमाएका बालबालिकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ। यस कार्यक्रममा विशेषत दीप प्रज्वलन हुनेछ, जुन ज्यान गुमाएका बालबालिकाहरूको सम्झनामा समर्पित हुनेछ।
तपाईंलाई यो महत्वपूर्ण कार्यक्रममा सहभागी हुनका लागि हार्दिक निमन्त्रणा संस्थाले गरेको छ।
कार्यक्रम विवरण
मिति: भाद्र २९, २०८२
समय: बेलुकी ४ ३०
स्थान: शान्ति पार्क (एयरपोर्ट नजिकै)
तिलोतम पौडेल
अध्यक्ष, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान